गैंडाकोटमा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु

गैंडाकोट । गैंडाकोटमा आज साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गैंडाकोट २ शिलन्यासचोकमा रहेको गेटबाट थोरै अगाडि करिव ६ बजेर १५ मिनेटमा ट्रकले रिक्सालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले जानकारी दिनुभयो । बृटिश क्याम्पबाट शिलन्यास चोक तर्फ आउँदै गरेको लु १ ख ४५९० नम्वरको ट्रकले विपरित दिशाबाट गइरहेको रिक्सालाई ठक्कर दिएको थापाले बताउनुभयो । ठक्करबाट गम्भीर घाइते गैंडाकोट १ का ६८ वर्षीय कलाधर कडेँलको उपचारको क्रममा चिकित्सकले ६ बजेर ५० मिनेटमा मृत्यु घोषणा गरेको थापाले विजय एफएमलाई जानकारी दिनुभयो । ठक्कर दिने सवारी चालक अन्नपुर्ण गाउँपालिका ३ कास्की घर भएका वर्ष २७ का सन्दीप सुनार र सवारीर्लाइ नियन्त्रणमा लिएर घटनाको अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको अनुमान गरिएपनि अनुसन्धान भइरहेको छ ।