कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती

ललितपुर । कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसंै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती हो । दसैंघर, कोत तथा घरघरमा फूलपाती भिœयाएर पूmलपातीलाई विशेष बनाउने गरिन्छ । नवरात्रको सातौं दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भिœयाउने चलन छ ।

बडादसैंका बेला मान्यजनका हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । विगतमा आफूभन्दा मान्यजनका घरघरमा गएर टीका, जमरा र आशीर्वाद लिने गरिए पनि यसपालि कोरोना संक्रमणको खतराका कारण सावधानी अपनाएर मनाउन सरकारसँगै संस्कृतिविद्ले पनि सुझाव दिइरहेका छन् ।

विभिन्न नौ देवीको पूजाअर्चनापश्चात् दशमीका दिन जमरा निकालिन्छ भने जलको अभिषेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ । कोभिड–१९ का कारण टीकाटालो गर्न र ज्येष्ठ नागरिककहाँ गएर आशीर्वाद लिने कार्यक्रम प्रभावित हुने देखिएको छ । सरकारले ज्येष्ठ नागरिकलाई जोखिमको सूचीमा राखेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार कात्तिक १० गते सोमबार विजयादशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा रहेको छ । त्यही दिन बिहान १० बजेर ११ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवतीलाई विसर्जन गरिने शुभ साइत रहेको समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतमले जानकारी दिए । उनका अनुसार देवी विसर्जन गरिएपछि देवीको प्रसाद स्वरूप टीका र जमरा साइतमा लगाउने परम्परा छ ।

शुक्रबार सप्तमीका दिन हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भिœयाउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउँछन् । धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको छ । कोरोना भाइरसको संक्रमणका कारण यो विधिमा केही परिमार्जन हुने काठमाडौं जात्रा व्यवस्थापन समितिका अध्यक्ष राजन महर्जनले जानकारी दिए ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । संक्रमणको खतराका कारण यी सबै प्रक्रियामा परिमार्जन हुने सम्भावना छ ।

पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोरखाबाट ल्याएर फूलपाती भिœयाउने चलन बसेको इतिहास छ । फूलपाती दरबारभित्र भिœयाउँदा कालो बोकाको बलि दिने चलन रहेको छ । त्यसैगरी, देशभरिका प्रमुख शक्तिपीठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरूमा बढाइँसहित साथ फूलपाती भिœयाउने चलन रहेको छ । फूलपाती भिœयाउने साइतअनुसार टँुडिखेलमा नेपाली सेनाले फूलपातीको बढाइँ जात्रा प्रस्तुत गर्ने गर्छन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाइँ गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ । उक्त बढाइँको राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वले प्रत्यक्ष अवलोकन गर्दै छन् ।

फूलपातीदेखि नै दोबाटो, चौबाटो, चौतारो र खुला स्थानमा हालिने लिंगे पिङ र रोटे पिङ हाल्ने गरिन्छ । दसैंको विशेष रौनक फूलपातीबाट सुरु भए पनि कोरोनाका कारण त्यति चहलपहल हुनेछैन । पौराणिक कालदेखि मानिँदै आएको यो खुसियालीको उत्सव भगवतीको पूजाआजा गरी मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइन्छ । हिन्दूहरूको महान् चाड बडादसैंमा यसपालि कुनै उत्साह र उमंग देखिएको छैन । व्यक्ति व्यक्तिका मुहारमा दसैं आयो भन्ने त्यत्ति रौनक पाइँदैन । सामाजिक महŒवसँगै धार्मिक र सांस्कृतिक महŒव पनि बोकेको दसैं विगतका वर्षको भन्दा भिन्न तवरले मनाउनुपर्ने देखिएको छ ।

महाअष्टमी
बडादसैंको आठौँ दिन शनिबार दसैंघर, कोत, शक्तिपीठ तथा घरघरमा माता दुर्गा भवानीको बलिसहित पूजा आराधना गरी महाअष्टमी मनाइन्छ । यस दिन दसैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिँदै छ । यसैगरी फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेहरू यस दिन जमराकोठामा घिरौला, कुभिन्डो, मुला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दसैंघरमा मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ गरिए पनि ५४ राँगा र ५४ बोकाको बलि भने नदिइने भएको छ ।

महानवमी
बडादसैंको नवौं दिन महानवमीमा दसैंघर, कोत, शक्तिपीठ तथा घरघरमा माता दुर्गा भवानीको बलिसहित पूजा आराधना गरिँदै छ । यसअघि अघिल्लो दिन महाअष्टमीमा पनि भवानीलाई बलिसहित पूजा गरिएको थियो । महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइन्छ ।

दसैंघर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउँछन् ।

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महŒवका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने नवमीमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।