भरतपुर अस्पतालका अध्यक्ष डा.अधिकारीलाई कोरोना संक्रमण

चितवन : भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

सामान्य लक्षण देखिएको उहाँ होम आइसोलेसनमा रहनुभएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

नेपालमा पनि कोभिड १९ को संक्रमण देखिना साथ चितवनमा कोभिड बेडको व्यवस्थापन देखि प्रयोगशाला स्थापनासम्म निरन्रत अग्रभागमा डा अधिकारी खटिरहनुभएको थियो ।