५७ हजार नगदसहित ७ जना जुवाडेहरु पक्राउ

चितवन : लुकिछिपी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले माडीको ईनारबरुवा गाउँबाट नगदसहित ७ जनालाई पक्राउ गरेको छ ।

दिउँसो करीब १२:३० बजे माडी-३, ईनारबरुवा गाउँबाट नगद करीब ५७ हजार सहित वडाभित्रैका विभिन्न स्थान निवासी ७ जना पुरुषहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुमाथि प्रचलित कानुनी व्यवस्था अनसारको कारवाही सुरु भइसकेको प्रहरी श्रोतले जनाएको छ । यसअघि पनि ईलाका प्रहरी कार्यालय माडीको टोलीले फरक फरक मितिमा गरी १२ जना जुवाडेहरुलाई नियन्त्रणमा लिइर कारवाही गरिसकेको बुझिएको छ ।

यता, माडी नगरपालिकाले समेत चाडपर्वको नाउँमा लुकिछिपी जुवातास, खडखडे (लङ्गुर बुर्जा), कौडा खेल्ने खेलाउने कार्य पूर्णतया रोक लगाउने निर्णय गरेको सार्वजनिक गरेको छ ।