रौतहट हत्या काण्ड : हत्याका फरार अभियुक्त पक्राउ

गएको ३१ साउनमा रौतहटको गरुडा नगरपालिका-८ जिंगडियामा २० वर्षीय निरञ्जन रामलाई घाँटी रेटेर हत्या गरेको मुद्दाका फरार एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका गरुडा–८ जिंगडियाका ३२ वर्षीय राजगिर साह बनियालाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उनकै बागबानी नर्सरीस्थित घरबाट पक्राउ गरेको हो।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता भरत श्रेष्ठले बताए।

निरञ्जन रामको हत्या भएपछि अनुसन्धानको क्रममा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेकामध्ये एक अभियुक्त विजय राम महराको प्रहरी हिरासतमै मृत्यु भएको थियो।