विश्व बैंकको २४ अर्ब रुपैयाँ ऋण स्वीकार (मन्त्रिपरिषदका निर्णयहरु)

काठमाडौं : सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बजेटरी सहायताकोरुपमा प्राप्त हुने २ सय मिलियन डलर स्वीकार गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको दुई दिनअघि बसेको बैठकले करिब २४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

बैठकले विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्कीलाई नियुक्त गरेको छ ।