विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ११ लाख ४३ हजार नाघ्यो , ११ लाख ३१ हजारको मृत्यु

काठमाडौं : विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ११ लाख ४३ हजार नाघेको छ । यस्तै निको हुनेको संख्या पनि ३ करोड ६८ लाख २ हजार हाराहारी रहेका छन् ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म ११ लाख ३१ हजारको हाराहारीमा कोरोना भाइरसबाट मृत्यु भएको छ ।

हाल विश्वभर ९३ लाख ३० हजारको हाराहारीमा संक्रिय संक्रमित रहेका छन् भने त्यसमध्ये ७३ हजारको हाराहारीमा गम्भीर बिरामी रहेका छन् ।