चितवनमा एक काेराेना संक्रमितकाे मृत्यु

चितवन : भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको बुधबार मृत्यु भएको छ ।

मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालका अनुसार चितवनको रत्ननगर नगरपालिका-१२ का ४० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार दिउँसो ४:२८ बजे मृत्यु भएको हो ।

ज्वरो र निमोनिया सम्बन्धी समस्याका कारण असोज २३ गते मेडिकल कलेजमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको डा. लम्सालले बताए ।