दशैंअघि नै टोपबहादुर रायमाझीलाई उपप्रधानसहित रक्षामन्त्री बनाईने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंअघि नै टोपबहादुर रायमाझीलाई उपप्रधान एवम् रक्षामन्त्री बनाउनेगरि तयारी थालेका छन् । प्रधानमन्त्री ओलीले हालै गरेको मन्त्रिपरिषद हेरफेरमा ईश्वर पोखरेलसँग खोसेर रक्षा मन्त्रालय आफैंसँग राखेका छन् । पार्टीमा संकटमा परेको बेला आफूलाई साथ दिएका नेताहरुलाई ओलीले छानी छानी अवसर दिएका छन् ।

अब रक्षा मन्त्रालयको नेतृत्वमा प्रधानमन्त्री ओलीले पूर्व माओवादी खेमाका नेता टोपबहादुर रायमाझीलाई ल्याउने तयारी गरेका छन् । यसको लागि ओलीले आफूनिकट नेताहरुसँग आज विहान परामर्श गरेका थिए । उक्त छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेतद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेर मोर्चाबन्दी रायमाझीले ओलीलाई साथ दिएका थिए ।