गजल : यि लहर नयाँ नयाँ

~बिपिन शर्मा~

अविरल बग्छ नदी अविच्छिन्न चल्ने यि लहर नयाँ नयाँ
इच्छाका जुर्मुराउँछन् छाल मनमा उठ्ने यि रहर नयाँ नयाँ

सपना हिजोको लिई आँखामा साँझ निदाएको थिएँ
ब्युझँदा राती साटिएको रैछ, लाग्छ यो प्रहर नयाँ नयाँ

सपना मेरो प्यारो हराएर खोज्न हिंडेको थिएँ
हराएँ आफैं भिडमा, लाग्छ यो शहर नयाँ नयाँ

टाढा म जति पुगे पनि मनमा राखेको याद थिएँ
दुख्दा भित्र आज लाग्छ मनको यो घर नयाँ नयाँ

मर्नु एक्लै छ मैले जन्मेको पनि त एक्लै थिएँ
यात्रा जीवनको एक्लै गर्ने गरें यो ठहर नयाँ नयाँ ।।