जिल्ला प्रहरी कार्यालय तनहुँ गण्डकी प्रदेशको उत्कृष्ट

 

गण्डकी : जिल्ला प्रहरी कार्यालय तनहुँ गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी कार्यालयमा छनौट भएको छ। ६५ औँ प्रहरी दिवसको उपलक्ष्यमा गण्डकी प्रदेश प्रहरी कार्यालयले त्रैमासिक कार्य सम्पादनको आधारमा मुल्यांकन गरेर छनोट गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

असार ८ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक अरूण पौडेल फरार अभियुक्त पक्राउ, व्यवसाय रूपमा लगाइएको गाँजा खेती नष्ट, नदिजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन कार्यवाही, गुन्डागर्दी र जुवाताख नियन्त्रण लगाएतका अपराधीक गतिविधि नियन्त्रणमा पौडेलले अप्रेसन चलाएका थिए। प्रहरी संगठन भित्र अनुसन्धानमा निकै अब्बल मानिने पौडेल तनहुँबासी माझ छोटो समयमा मन जित्न सफल भएका छन्।