नेपालमा कृषि उद्यमशीलताका सम्भावना

चितवन: हल्ट प्राइज पोखरा विश्वविद्यालय चितवनद्वारा ‘जुम’ सफ्टवयरको माध्यमबाट “बहस छलफल” कार्यक्रम सम्पन्न गरिएको छ।

“नेपालमा कृषि उद्यमशीलताका सम्भावना” विषयमा दिउँसो १:०० बजे देखि ३:०० बजेसम्म चलेको बहसमा “घाम पावर” का परियोजना अधिकृत किरण तिमल्सिना, “राउत एंड सन एग्रीफार्म एन्ड लाइभस्टक” का उद्यमी शर्मिला अधिकारी राउत र “नागरिक कलेज” का प्रशिक्षक तथा “हितेस खाद्य उद्योग” का पूर्व अधिकारी ज्योति आचार्य अतिथिका रुपमा उपस्थित रहेको मिडिया अफिसर पूजा बोगटीले जानकारी दिनुभयो।

आजको यस कार्यक्रममा आयोजक समिति सदस्य श्रद्धा बिष्टले स्वागत मन्तव्य दिँदै ब्रिटिसा अधिकारी, सोनिया पुडासैनीले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गर्नुभयो।

यस कार्यक्रममा सर्वप्रथम हामीमाझ घाम पावर नेपालका परियोजना अधिकृत तथा कृषि सल्लाहकार किरण तिमिल्सिना जोडिनु भएको थियो। उहाँले नव उदयमान कृषि व्यवसायीहरुलाई नवीनतम कृषि प्रविधिमार्फत उनीहरुको व्यवसाय अझै नाफामुखी बनाउन सकिनेबारे कुराहरु जाहेर गर्नु भएको थियो। उनले कृषि विकासको लागि डाटाको आवश्यकता र पुराना डाटाहरूलाई प्रयोग गरि किसानको लागि भविष्यमा हुन सक्ने कुराहरुको पुर्व जानकारी दिने प्रणाली विकासको आवश्यकता औंल्याउँदै गरेक थिए। उक्त कार्यक्रममा उहाँले कृषि पेशालाई युवा आकर्षण बनाउन प्रविधिलाई नै बढि जोड दिन जरूरी रहेको कुरा उल्लेख गरेका थिए।

 

त्यस्तै कार्यक्रममा दोस्रो अतिथिका रूपमा उपस्थित रहनुभएकि राउत एंड सन्स एग्रो फार्म एन्ड लाइभइस्टक कि उद्यमी शर्मिला अधिकारी राउत ज्यूले ७ वर्षको विदेश बसाई सकेर नेपाल फर्किएपछि भने आफुलाई कृषिमा बढि रूचि बढेको कुरा जानकारी गराउनुभयो। आफैं कृषिमा रहदा थप किसानहरुलाई स्वरोजगारको बाटो खुलेको र आफ्नो भएको जग्गापनि बाँझो नरहने कुराले उनलाई झन् उर्जा थपिरहेको जानकारी गराउनु भएको थियो। ६-७ रोपनीबाट सुरु गरिएको कृषि अहिले २०० रोपनीसम्म फैलिएको जहाँ अहिले अलैँची,किवि,अकबरे खुर्सानी र भैंसी पालनको व्यवसाय समेत रहेको जानकारी दिनुभयो।

त्यस्तै गरि कार्यक्रममा अन्तिम वक्ताको रुपमा हामी सङ्ग खाद्य प्रविधिमा स्नातकोत्तर गर्नुभएको र नागरिक कलेजमा  प्रशिक्षक रहनु भएको ज्योति आचार्य ज्यू जोडिनु भएको थियो। उहाँले कृषि विकास तथा परिमार्जनको लागि युवा संग्लग्नता अत्यावश्यक रहेको जानकारी गराउनुभयो। युवा शक्ति परिवर्तनको लागि सधैं तत्पर साथै जोखिम लिन पनि पछि नहट्ने,टेक- मैत्रि रहेको हुँदा विकास सम्भव रहेको र आफु युवा शक्ति प्रति आशावादी रहेको कुरा जनाए। उहाँले कच्चा पदार्थमा मात्र बल गरेर सम्पन्नता प्राप्त गर्न नसकिने र हामी स्वयंले प्रशोधित वस्तुहरूको उत्पादन गर्नै पर्ने कुरामा ध्यानाकर्षण गराउनुभयो। उहाँले मध्यस्थता कर्ता घटाउँदै लैजान आग्रह गरेका थिए।

 

कार्यक्रममा सहभागीहरुले, नेपालमा हामीले आयात र निर्यातमा समान्तर बनाउन कस्तो प्रविधिको आवश्यकता छ?,हामीले अवसरलाई मान्यता दिँदै त्यसको मुल्यांकन योजना कसरी बनाउन सकिन्छ?,कृषि विकास दिगो राख्न के कस्तो रणनीति अपनाउनु पर्ने छ?,उदीयमान कृषि बिकासमा के कस्ता  चुनौतीहरु रहेको छ?लगायतका प्रश्नहरु सोधेका थिए।

सहभागीका प्रश्नहरुको वक्ताहरुले क्रमश उत्तर दिनु भएको थियो। प्रशिक्षक ज्योति अधिकारीले अवसर मूल्यांकन गर्न सर्वप्रथम बजारको मूल्यांकन गर्नु जरुरी रहेको र सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गर्नु पर्ने बताउनुभयो। त्यस्तै गरी अधिकृत किरण तिमल्सिनाले किसानहरुले अाफूले उत्पादन गरेको वस्तु अाफैले बजार लैजानु पर्ने र मध्यस्थकर्ताको हस्तक्षेत घटाउन पर्ने बताउनुभयो। त्यस्तै उद्यमी शर्मिला अधिकारी राउतले आफ्नो सिप र उर्जाको सहि सदुपयोग गरी काम गर्नुपर्ने र नेपालमा उत्पादन बढी भएकोले खपत गर्न अरुका भर् पर्नुपर्ने बताउनुभयो।

उक्त कार्यक्रममा करिब ६० जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो र फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो। त्यस्तै गरी कार्यक्रमको अन्त्यमा क्याम्पस निर्देशक दिपेश गौतमले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रममा योगदान पुर्‍याउने सबैको प्रशंसा गर्नुभएको थियो।