रत्ननगर जुनियर जेसिजद्धारा पौष्टिक आहार वितरण तथा स्वास्थ्य परिक्षण

 

चितवन : रत्ननगर जुनियर जेसिजले हिजोदेखि सुरु गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज दोश्रो दिनमा रत्ननगर १० मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित वृद्धवृद्धाहरुलाई पौष्टिक आहार वितरण गरेको छ ।
सोही कार्यक्रम अन्तर्गत टाँडी रत्ननगर पोलिक्लिनिकको समन्वयमा वृद्धवृद्धाको स्वास्थ्य परिक्षण समेत गरिएको छ । कार्यक्रम रत्ननगर जुनियर जेसिजका कार्यकारिणी उपाध्यक्ष आशा घिमिरेको मूल संयोजन तथा विमर्श अधिकारीको संयोजनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा रत्ननगर जेसिजका उपाध्यक्ष सुमन पौडेल, श्रीकृष्ण प्रणामी मन्दिरका संस्थापक महन्त वृजदास महाराज, मन्दिरका पुजारी श्रीकान्त बराल, रत्ननगर जेसिजका मिडिया संयोजक रामु आचार्य, मन्दिरमा आश्रित वृद्ध, वृद्धाज्युहरु लगायत समग्र रत्ननगर जुनियर जेसिजका पधाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम रत्ननगर जुनियर जेसिजका वर्ष २०२० का अध्यक्ष विदुर खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

समग्र जुनियर जेसिज नेपाल २०२० अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आयोजना भएको यो पहिलो हो । रत्ननगर जुनियर जेसिजको इतिहासमा सप्ताहव्यापी कार्यक्रम भएको यो नै पहिलो हो । सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत हिजो समुद्घाटन कार्यक्रम तथा जु जेसी प्रज्ञा पौडेलको संयोजनमा फ्रन्टलाइनर्स सम्मान कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रम अन्तर्गत कार्तिक १ गते रोशन तिमल्सिनाको संयोजनमा खुल्ला रक्तदान कार्यक्रम, कार्तिक २ सन्दर्भ खनालको संयोजनमा बृक्षारोपण कार्यक्रम, कार्तिक ३ गते रेनुका ढकालको संयोजनमा आईटि ट्रेनिङ्ग, कार्तिक ४ गते सगुन रेग्मीको संयोजनमा वृहत सरसफाई कार्यक्रम, कार्तिक ५ गते सल्भा मगर र प्रियंका अधिकारीको संयुक्त संयोजनमा इपिएस ट्रेनिंग आयोजना हुने साथै ५ गते नै सप्ताह समापन कार्यक्रम रहेको जुनियर जेसिजका वर्ष २०२० का अध्यक्ष विदुर खनालले जानकारी दिए ।