ह्वाट्स एप प्रेमीसँग विवाह गर्न भन्दै ३०० किमीको यात्रा, घर आएपछि प्रेमीको दाजुसँग विवाह !

काठमाडौं : यस्ता अनौठा र अचम्मका खबरहरु त हामीले सुन्दै र पढ्दै आर्यरहेका नै हुन्छौँ । केहि खबर त अझ हामीले विश्वास गर्न नै सक्दैनौँ ।

यस्तै एउटा घटना भारतको कानपुरमा पनि भएको छ ।

त्यहाँ एक युवती आफ्ना ह्वाट्स अप प्रेमीसँग विवाह गर्न भन्दै ३०० किलोमिटर टाढाबाट आएकी छन् । तर उनी त्यहाँ आएपछि मात्र थाहा भयो कि, उनीभन्दा ५ वर्ष कान्छो उनको प्रेमी रहेछन् ।

त्यसपछि केहि मोड लिएको घटनाले त्यो बेला झनै अर्को मोड लियो जुन बेला महिलाले आफ्नो प्रेमीलाई छोडेर प्रेमीको दाजुसँग विवाह गर्ने जिद्दी गरिन् ।

शाहजहाँपुरकी उक्त युवतीको नाम सविना रहेको छ । उनका पिता अतीक इञ्नियर छन् । उनका आमाको मृत्यु भएपछि उनका पिताले अर्को विवाह गरे ।

उनकी सौतेनी आमाले उनलाइ धेरै टचर गरेको बताइन् ।