विश्व गौडेलको म्युजिक भिडियो सुनरीमै सार्वजनिक

 

चितवन : अष्ट्रेलियामा बसेर पनि नेपाली गित संगितको संरक्षण र प्रर्बद्धनमा लागेका गैडाकोटका युवा विश्व गौडेलको म्यूजिक भिडियो सुनरीमै ब्लेक ब्रोस इन्टरटेनमेन्टले सार्वजनिक गरेको छ । आहै सुनरी मै भनरीमै बोलको गितको म्युजिक भिडियो ७ मिनेटको रहेको छ ।
गितको भिडियो पनि निकै स्तरीय बनेको छ । गितमा दिपक शर्माले संगीत दिएका छन् भने चर्चित कलाकारहरु प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन । जिवन रसाईलीले निर्देशन गरेको भिडियोमा सामाजिक सन्जाल टिकटक बाट चर्चामा आएका टीकटक स्टार प्रिन्सी, प्रिस्मा र नाजिर हुसेनको अभिनय रहेको छ ।

 

 

 

 

भिडियोमा उनिहरुको निकै स्तरीय अभिनय देख्न पाईन्छ । पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने नेपाली गित संगित युवाहरुले भुल््न थालेको र पाश्चात्य संस्कृति हाबि हुदै जान थालेकाले नेपालि गित संगीतको संरक्षणका लागि यो म्यूजिक भिडियो सहितको गित बजारमा ल्याएको अस्टेलियामा रहनुभएका युवा विश्व गौडेलले बताउनु भयो ।
नेपाली गित संगीत बिश्वमै उत्कृष्ठ रहेको ले अस्ट्रेलियामा पनि नेपाली गित संगीतको संरक्षण र प्रर्वधनमा लागेको उहाको भनाई छ । गौडेलले नेपाली गित संगितको संरक्षणकै लागी पहिलो कोसेलीको रुपमा ‘सुुनरीमै बजारमा ल्याएको बताउनु भयो । म्युजिक भिडियो दर्शकहरुले निकै मन पराएका छन् ।