गायक संगीतकार प्रकाश पराजुली र देबि घर्ती मगर को”मन्जरी”गीत बजारमा(भिडियो सहित)

काठमाडौं  । नेपाली गीत संगीत को क्षेत्रमा एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन।यसै क्रम मा गायक एवम् संगीतकार प्रकाश पराजुली को “मन्जरी”बोलको गीत सार्बजनिक भएको छ।

यश भन्दा अगाडि गायक पराजुलिले आफ्नै स्वर शब्द संगीत मा दर्जनौं एल्बम हरु बजारमा ल्याइसकेका छन।दागबत्ती ,चादी कहाँ होला,तारा खासेको,यो मान्छे चिन्छौ,किन पाइनौ छोरी,शितलु,पान पाते ठुली टु गीतहरुले बजार पाए संगै बहुप्रतिभाका धनी गायक प्रकाश पराजुली चर्चामा आएका हुन। पुन: आइतबार सार्बजनिक गरिएको नया गीत”मन्जरी”ले निकै छोटो समय मै सात लाख भन्दा बढी भ्युज कमाउन सफल भए पछि गायक पराजुली को चर्चा बढ्दो क्रम थपिदै गएको हो।

गायक पराजुलि लाइभ दोहोरीका प्रखर एवम् रमाइलो लाइभ दोहोरिका संचालक पनि हुन।धेरै एल्बमहरु बजार मा ल्याइ सकेका स्वर तथा शब्द का धनी,गायक प्रकाश पराजुली स्याङ्जा मा जन्मिएर बिगत लामो समय देखि नेपाली गीत संगीत लाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्र मा चर्चा बटुल्दै आएका हुन।सोमबार सार्बजनिक गरिएको “मन्जरी” बोलको गीत लोकप्रिय गायिका देवी घर्ती मगर र प्रकाश पराजुलीको स्वरमा सजिएको छ ।

नवराज पन्तको शब्द रचना रहेको गीतमा गायक पाराजुलीकै सङ्गीत रहेको छ ।गीत विश्वास नेपालले एरेन्ज गरेका हुन् भने एचबिएन किस्मतले मिक्सिङ गरेका हुन् । अभिनेता राजेश हमालले लामो समय पछि अभिनय गरेको यस लोक दोहोरी भिडियोमा हमालका साथमा अभिनेत्री वर्षा सिवाकोटी र प्रकाश सपुतको पनि अभिनय रहेको छ ।

प्रकाश जिसीले निर्माण गरेको भिडियो निर्देशन देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।भिडियोमा अभिनेता हमाल, वर्षा र प्रकाशले कम्मर मर्काएका छन् जुन दर्शकले निकै प्रतीक्षा गरेका थिए । मौसम हिमालीले यि दुईलाई नचाएका हुन् ।भिडियो कारण चैसिरले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् ।गीतको अडियो तथा भिडियो निकै सुन्दर बनेको छ ।गीत प्रकाश पराजुली नामक अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो।

गीतको पूरा भिडियो हेर्नुहोस: