क्रान्ति र परिवर्तनको राजनीतिक शक्ति !

बाबुराम खराल  : क्रान्ति र परिवर्तनको लागि खेलिएका विभिन्न घटनामा तत्कालिन विद्यमान राजनीतिक शक्तिहरुको भुमिका र योगदानको वारेमा इतिहासमा कैयौ पटक वास्तविकतालाई तोड–मरोड गरि गलत, अतिरन्जनापूर्ण प्रचार प्रसार गरिएको हुन्छ । अर्काेतर्फ कतिपय सन्दर्भमा आफ्नो विचार निकटका विद्यमान ंसंस्था र नेतृत्व प्रति उसले खेलेको भुमिका भन्दा धेरै तर अतिरन्जित प्रचार बढी गरिएको हुन्छ । घटनाक्रमको वास्तविकता पटाक्षेप हुन केहि समय लागेको देखिन्छ । तसर्थ नेपालको शुरु देखि पछिल्लो राजनीतिक परिवर्तनमा विना पुर्वाग्रही बनेर सटिक र वास्तविक मुल्याङ्खन गर्न जरुरी छ ।
नेपालमा विभिन्न समयमा भए गरेका घटनाक्रमलाई हेर्ने दृष्टीकोण पनि विचारकै आधारमा मापन गरिएको छ, उद्वलित गरिएको छ । आदर्शवादीहरु आफु निकटका वैचारिक सामिप्यता भएकाहरुलाई उनीहरुका कतिपय कमजोर विषय वस्तु र कामको ढाकछोप गर्दछन र परिवर्तनकारी तथा विज्ञान सम्मत वा भौतिकवादी दृष्टिकोण ग्रहण गर्नेहरुलाई मिनिमाइज गर्ने गर्दछन ।
सबैले जाने वुझेकै कुरा हो दुनियाका अधिकांश तप्का तह र संस्थामा यिनै आदर्शवादी र अध्यात्मवादीहरुको अलि बढोत्तरी छ । पुराना परम्परा, रिति रिवाजलाई छोडन हुदैन भनेर जडसुत्रको हिसाबले पुरातन पंंथीहरु हुने नहुने अनेकौ तर्क र बहसमा उनिहरुले आफ्नो मिसन निरन्तरतामा अगाडि बढाइ रहेको देखिन्छ । धर्म, देवता , इश्वर, भगवानका अमृतवाणीको रुपमा सुत्रहरुलाई आधार वनाउने र विभिन्न धर्मगुरुहरुको हवाला दिएर विभिन्न नामका यथास्थिति र पश्चगामी प्रकृतिका काम–धन्दा वढाइ चढाइ गर्ने काममा आदर्शवादीहरु लागि रहेका छन । प्रचारात्मक काममा विभिन्न माध्यम र तरिका अपनाएर भएपनि प्रचारात्मक काममा उनीहरु अग्रणी रहेका छन् । यसको तुलनामा परिवर्तन पक्षधरहरु खासगरि कम्युनिष्टहरु प्रचारात्मक काममा कमजोर छन । यसैले परिवर्तनवादीहरुले यो प्रचारात्मक काम मिसन कै रुपमा लैजान पर्नेछ । विगतको तुलनामा प्रचारात्मक काममा प्रगतिवादीहरु सुधारोन्मुख रहे पनि यतिले पुग्दैन । आफ्नो प्रचारात्मक मिसनलाई तिब्र पार्न जरुरी देखिन्छ ।
विश्व अहिले यिनै दुइ विश्व दृष्टिकोणको वरिपरि अगाडि बढी रहेको छ । आफुलाई अध्यामवादी वा आदर्शवादी विचार लिइ रहेकाहरु टसमस हुन तयार छैनन । पुराना–पुराना चाल चलन लाई छोडन नहुने सामन्ति संस्कारमा उनीहरु लुटपुटिनु मदहोस्त वन्न खोजिनु उनीहरुलाई यथास्थिति छोडाउन र परिवर्तनका थोर वहुत एजेण्डामा हिडाउन परिस्थिति निर्माणको काम कष्टसाध्य काम नै हो ।
वास्तवमा आजका दिनसम्म पृथ्वीको उत्पत्ति देखि सांसारिक अधिरचनाको वारेमा द्वन्दात्मक ऐतिहासिक भौतिकवादको बैज्ञानिक विचार प्रादुर्भाव पश्चात मात्र अध्यात्मवादले जरा गाडेको अवस्थामा यी दुइ विचार अध्यात्मवाद की भोैतिकवाद भन्ने विषयमा विश्व दुइ धु्रवमा विभाजित वन्न पुगेको हो तर व्यवहारतः भौतिकवादी विचार राख्नेहरु न्युन संख्यामा छन् ।
विश्वको अहिलेको अवस्थामा कट्टर धर्माधिकारीहरुको बढी नै सकृयता र बोलवाला छ । यी आदि कारणहरुले गर्दा पुजिवादी विश्व पनि सामन्तवादको प्रभाव भित्र परिरहेको छ । कतिपय सन्दर्भमा परिवर्तनकारी शक्ति पनि चुनाव विग्रिने डरले अध्यात्मवादका अनेकौ पुरातन कार्यमा संलग्न हुन परेका छन् । सामन्ति चाल चलनमा हिजोका दिनहरु भन्दा अहिले झन बढोत्तरी भएको छ र ति कामहरुमा विभिन्न प्रगतिशील विचारमा हिडिरहेकाहरु पनि सहभागि हुन परेको अवस्था हो ।
अर्काे तर्फ प्रगतिवादी सांस्कृतिक अबधारणा वोकी हिडेकाहरु पनि नयाँपन व्यवहारत दिन नसकेको अवस्था हो । जन्म मृत्यु आदि काममा प्रगतिवादीहरुले नयाँ धाचा र कार्यरुप वारेमा बैकल्पिक धाचा र रुपहरु दिन सकिरहेका छ्रैनन् । आखिर दुख सुखका घटनाक्रमहरुमा दैनिक जीवन चर्यामा केही केही त गर्नु पर्छ भन्न जनमत छ । देवासुर संग्राम पढनेहरु र त्यसको निष्कर्षमा समेटिएकाहरु पनि अहिले मुुख खोल्न सकिरहेका छैनन । राहुल सांस्कृतियानका रचना पढनेहरु औलामा गिन्दा हुन्छ । वाम राजनीति वोकेका प्रगतिवादी पार्टीका कतिपय केन्द्रिय कमिटिमा रहेकाहरुको बेैचारिक चेतना पनि माक्र्सवाद लेनिनवादको मार्गदर्शक सिद्धान्त अनुुुसार अर्थात द्वन्दवादको बैज्ञानिक चेतनाको आधारमा नभएको देखिन्छ । नेता तथा कार्यकर्ताहरुको एउटा पङ्गति विहानको नित्यपुजा सकेर निधारमा तिलक सहित प्रशस्तै भेट्टिन्छन भन्दा अत्युक्ति हुने छैन । यो क्रम घट्दो होइन बढी रहेको छ । भन्न थालिएको छ यी सबकुरा विगत देखि गरिदै आएका हाम्रा पहिचान हुन् संस्कृति र कल्चरहरु हुन ।
आज सम्मको अवस्थाको सामाग्रिक गहन विश्लेषणको आधारमा हामीले अनुभुत र अवलम्वन गरेको विषय वैज्ञानिक विश्व दृष्टिकोण माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त वनाइएको छ राम्रो र परिष्कृत लेखोटमा वहुत सुस्पष्ट लेखिएको छ भने व्यवहारमा प्रगतिवादी वन्न नसकिएको अवस्था हो र यो अहिलेको समस्या पनि हो ।
देशमा यिनै प्रगतिवादी र वुर्जुवा वर्गका पार्टीहरु मिलेर लामो संघर्ष र वलिदान गरेको कारण अहिले हामी नेपालीहरु सार्वभौम वनेका छौ । जनता नै इतिहासका निर्माता हुन र पछिल्लो परिवर्तनले दशकौको वलिदान शहिदका त्याग र वलिदानको कारण संघीय गणतन्त्र नेपाल निर्माण सफल भएको छ । नेपाली कांग्रेस, तत्कालिन नेकपा एमाले नेकपा माओवादी लगायतका विभिन्न पक्ष बीचको एकतावद्धसाथ गरिएको जनक्रान्तिको कारण देशमा जरो गाडेर वसेको राजतन्त्रको अन्त्य भएको छ ।
त्यतिवेला जनयुद्ध संचालन गरेको माओवादी संग देशमा विद्यमान सात राजनीतिक दलकाबीच संझौता भएको कारण नेपाली जनतामा उर्लेको जनक्रान्तिको निम्ति उच्च स्तरको जागृत चेतना र निरन्तर परिवर्तनको निमित्त उत्पे्ररित गर्ने राजनैतिक दलहरुको निरन्तर क्रियाशीलताका कारण देशमा ज्ञानेन्द्र शाहको सत्ता पल्टिएको यथार्थ हाम्रो बीचमा प्रष्ट छ ।
विद्रोही माओवादी पार्टीका सुप्रिमो क.प्रचण्ड र सात राजनीतिक दलको तर्फबाट यसका शिर्ष नेता गिरिजा प्रसाद कोइरालाद्वारा जनक्रान्तिको लागि संझौतापत्रमा हस्ताक्षर गरिएको र यसकै आधारमा परिवर्तनको पक्षमा विद्यमान राजनीतिक शक्तिहरु एकजुट भएका र जनता स्वतस्फुर्त जागेको कारण गणतन्त्र स्थापना गर्न सकिएको हो र युगिन र ऐतिहासिक जनक्रान्ति सफल हुन सकेको हो ।
लामो सक्रमण काल पार गर्दै अहिले संविधानसभा मार्फत संविधान निर्माण भएको छ । संघिय गणतन्त्र अनुरुपका नयाँ ढाचाकाचा रहेको केन्द्र प्रदेश र स्थानिय तह गरि संरचना स्थापना भै सकेका र अब राजनैतिक अवस्था स्थिरता तर्फ गएको छ र नयाँ निर्मित संरचनाले फटाफट काम गरिरहेका छन । भन्नको निम्ति , सिद्धान्त विचार दिन र भाषण गर्न जति सजिलो छ काम गर्न उत्तिकै अपठा¥यो हुन्छ नै । तर अनुकुल तथा प्रतिकुल परिस्थितिमा जसरी हुन्छ प्रगतिवादीहरु व्यवहारमा सफल हुनै पर्दछ ।
यो युगिन र ऐतिहासिक परिवर्तनमा महत्वपुर्ण भुमिका तत्कालिन कांग्रेस नेकपा एमाले लगायतका सात दल एकातर्फ र यसरी नै जन युद्ध संचालनरत माओवादी पार्टीको भुमिका निर्णाएक रहेको हो । तसर्थ यसका नेताहरु तत्कालिन अवस्थामा विद्यमान पार्टीहरु , नेकपा माओवादी पार्टीका सर्वाेच्च नेता. प्रचण्डको भुमिका, नेपाली कांग्रेसका गिरिजा प्रसाद कोइराला , एमालेका झलनाथ खनाल माधव कुमार नेपाल, केपी ओली लगायत नेताहरुको भुमिका इतिहासमा रहिरहने छ नै । हजारौ शहिदहरुको त्याग र वलिदान तथा जनयुद्ध त्यसरुपमा हुदैनथ्यो भने गणतन्त्र यो समयमा यो हिसावले स्थापित हुन, सफल हुन सक्तैनथ्यो ।
त्यसैले परिवर्तनबाट प्राप्त गणतन्त्र प्यारो लाग्ने सबैलाई, तर यसको मुल नेतृत्वहरुलाई अप्राकृतिक ढंगले नकारात्मक आलोचना बढी गर्ने विषय वन्नु हुदैन । निकै जटिल काम गणतन्त्र घोषणा, सेना समायोजनका कामहरु जसरी सुझबुझका साथ अगाडि बढे, क्रमिक रुपमा अवस्था सपार्दै अगि बढने काम भयो । यो काम फगत त्यत्तिकै भएको होइन । लामो र श्रृङ्खलावद्ध क्रान्तिबाट नै भएको हो । आजकोे हाम्रो सवाल विगतको जनक्रान्तिको लागि संस्थापक नेताहरु पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी, विपि कोइराला र गणेशमान लगायत दिवंगत नेताहरु यसरी पछिल्लो संघिय गणतन्त्र नेपाल निर्माणको लागि सफल नेतृत्व गर्ने क.प्रचण्ड र गिरिजा प्रसाद कोइराला तथा माधवकुमार नेपाल, केपी ओली लगायतका नेताहरुको मूल्यांकन ठीक संग गर्न सकिएको छैन ।
यदि विगतको चर्चित जनयुद्धलाई विशेषत सेना समायोजन जस्तो जटिल र अपठा¥रो काम सल्टाउदै शान्ति प्रकृया सहजरुपमा सम्पन्न भएको विषय यदि वुर्जवा सम्मिलित शक्ति मार्फत भएको भए त्यसका शिर्षस्थ नेता अहिले सम्म नोवेल पुरुष्कार जस्ता अन्तर्राष्टिय एवार्डबाट सम्मानित भै सक्तथे । तर कम्युनिष्टहरु मुलत संलग्न भएको कारण यतिठूलो शान्ति प्रक्रिया सफल हुदा पनि राष्ट्रिय अन्तराष्ट्रिय वुर्जुवाहरु नेपालको पछिल्लो परिवर्तनलाई सकारात्मक रुपमा लिन सकेनन् । वर्गिय राजनीतिका कारण नै पुजिवादी चिन्तकहरु उच्च महत्व दिएर जानुपर्नेमा गणतन्त्र नेपाल निर्माणको कामलाई वुर्जुवा विचार वोक्नेहरुबाट सामान्य रुप दिएर ओजेलमा पार्न चाहेकै हुन ।
संघीय गणतन्त्र नेपालको कारण देशमा नयाँ अधिरचनाहरु संरचनाहरु धमाधम गति र लयमा तयार भएकाछन् र काममा लागिरहेका छन । लामो संक्रमणको कारण छिन्न भिन्न भएको अवस्थापूर्ण विरासतकाबीच अहिलेको सरकारले काम गरिरहेको छ । काम गर्ने दौरान स्वभावत हुने कमि कमजोरी वाहेक जनहित विराधी काम भएको छ्र्रैन ।
वरु सामाजिक संजालमा तथाकथित क्रान्ति विरोधी प्रतिक्रियावादी तप्का झुटा, एकदमै सत्यता नभएका फरेवहरुका फेहरिस्त तयार गरी योजनाका साथ नेगेटिव जनमत तयार गर्न लागिरहेका छन । वर्गिय राजनीतिको कुरुपता उनीहरुले देखाइ रहेकाछन् । अहिलेको आवश्यकता नकारात्मक झुटा फरेव र फेहरिस्तलाई राष्टव्यापी रुपमा पर्दाफास गर्न जरुरी छ र भएका राम्रा कामहरुको प्रचारलाई तिव्रता दिन जरुरी छ । अर्काे तर्फ नेपालको यो पछिल्लो परिवर्तनका नायकहरुको वारेमा विनापुर्वाग्रही सही सटिक र यथार्थ मुल्यांकन गर्न यसवारेको छलफल बहसलाई अगाडि बढाउन आवश्वक छ