नव नियुक्त उपकुलपति डा पुण्यप्रसादको उद्धघोष : एफयु अब शैक्षिक क्यालेण्डर अनुसार कुनै दिन बन्द नभइ खुल्नेछ (भिडियो)

चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका नव नियुक्त उपकुलपति प्रध्यापक डा पुण्यप्रसाद रेग्मीले अब एफयु शैक्षिक क्यालेण्डर अनुसार कुनै दिन बन्द नभइ खुल्ने दावी गरेका छन् ।

विभिन्न बाहान अब वन्द गर्ने चलन अन्त्य हुनै पर्छ, सबैका माग सम्बोधन हुन्छ उनले भने, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अब शैक्षिक क्यालेण्डर अनुसार कुनै दिन बन्द नभइ खुल्नेछ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज पदभार ग्रहण गर्दै उनले विश्वविद्यालयको सुधारका लागि कुनै पनि कसुर बाँकी नराखि नमुना विश्वविद्यालय बनाउने उद्धघोष गरेका छन् ।
डा रेग्मीले कोभिड–१९ ले अहिलेको पठनपाठनलाई स्मार्ट बनाउँदै लैजानुपर्ने अवस्था आएको बताए ।
गुणस्तरिय शिक्षाका लागि विश्वविद्यालयका सबै शाखाहरुले निर्वाध रुपमा काम गर्नु पर्ने उनको तर्क छ । यस्तै सोही अवसरमा निमित्त उपकुलपति शारदा थपलियाले विश्वविद्यायको व्यवसायीकताका लागि सदैव मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताइन् । यस्तै उनले यहाँको समस्या समधानको लागि एक ढिक्का भएर बढ्न आफू तयार रहेको स्पष्ट पारिन ।

उनले विश्वविद्यालय अब वन्द गर्ने परम्परालाई तोड्दै कृषि शिक्षाको विकासका लागि सदैव अगाडि बढ्ने बताए । सम्भावनाको खानीका रूपमा रहेको यो विश्वविद्यालय मुलुकको आर्थिक क्रान्ति गर्न जनताको मेहनत र आशालाई अन्तर्राष्ट्रिय स्तरसम्म समन्वय गरि नयाँ प्रविधिको विकास गर्ने समेत नवनियुक्त उपकुलपति रेग्मीले बताए ।
त्यस अवसरमा उनले सो विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयको रुपमा विकास गर्न मन, धन र कर्मले लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सो विश्वविद्यालयको साखलाई उँचो राख्ने काममा कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । पदभार ग्रहण समारोहमा नवनियुक्त उपकुलपति रेग्मीलाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले स्वागत गरेका थिए ।