बरिष्ठ पत्रकार अधिकारी दम्पतीलाई कोरोना पुष्टि

 

चितवनः नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय समाचार समिति चितवनका प्रमुख समेत रहनु भएका अधिकारीको बुधबार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अघि मंगलबार उहाँकी श्रीमती सुजाता पोखरेललाई संक्रमण पुष्टि भएको थियो । उहाँहरु दुवै जना होम आईसोलेसनमा रहनु भएको छ । दुवै जनाको स्वास्थ्य सामान्य रहेको छ ।