२४ घण्टामा काठमाडौंमा ९०२ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९७ , भक्तपुरमा ९३ र ललितपुरमा ११२ कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, भक्तपुरमा ५३ महिला र ४० पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार काठमाडौंमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ कोरोना संक्रमित थपिएका थिए ।

सोमबार काठमाडौंमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ गरी ८१७ कोरोना संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ गरी ८०९ कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ गरी ७२४ कोरोना संक्रमित थपिएका थिए ।