उच्च स्वास्थ्य सर्तकता अपनाउदै खुल्यो जेम्स वर्ल्ड फन पार्क, आयो दशै तिहार विशेष अफर

चितवन : चितवनको एक मात्रै सुविधा सम्पन्न अध्याधुनिक फन पार्क पुनः नियमित सञ्चालनमा आएको छ । लकडाउनका कारण ६ महिनादेखि ठप्प बनेको भरतपुर महानगर वडा नं ४ लंकू स्थित जेम्स वर्ल्ड फन पार्क उच्च स्वास्थ्य सर्तकता अपनाउदै सञ्चालनमा आएको हो ।

 
पार्कमा साबुनपानी, सेनिटाइजर तथा मास्कको प्रयोगलाई अनिवार्य बनाइएको छ । मूल गेटबाट पार्क प्रवेश गर्दा तथा बाहिर निस्कँदा साबुनपानीले अनिवार्य हात धुनुपर्ने नियम बनाइएको पार्कका अध्यक्ष महेश तिवारीले बताए । मुख्य प्रवेशद्वारमा हरेक सेवाग्राहीको तापक्रम नापिने र व्यक्तिको परिचयात्मक विवरण समेत भर्न लगाइने पार्कले बताएको छ । त्यस्तै, टिकट काट्न लाइनमा बस्दा सेवाग्राहीले कमसेकम दुई मिटरको दूरी कायम गर्नुपर्नेछ ।

पार्कमा ड्राइ गेम्सको सुरुवात गरिएको भएपनि स्वीमिङ पुल तथा वाटर गेम भने हालै सञ्चालनमा नल्याइने तिवारीले जनाएका छन् । पार्कभित्र विभिन्न खेल खेल्ने अवधिभर मास्कको प्रयोगलाई पनि अनिवार्य गरिएको छ । यस्तै कर्मचारीका लागि मास्क, फेस सिल्ड तथा सेनिटाइजरको व्यवस्था गरिने पनि पार्कले प्रष्ट पारेको छ ।

लकडाउन खुलेसगैँ हामी स्वास्थ्य सर्तकता अपनाउदै फेरि आएको छौँ फन पार्कका प्रबन्ध निर्देशक महेश तिवारीले भने, यो पटकको दशै तिहार अफरले सबै ध्यान तान्नेछ ।
तिवारीका अनुसार स्वीमिङ पुल तथा वाटर गेमबाहेक सबै गेम फन पार्क संचालन हुनेछ । पार्कको मुख्य प्रवेशद्वारमा हरेक सेवाग्राहीको तापक्रम नापिने र व्यक्तिको परिचयात्मक विवरण समेत भर्न लगाइने तिवारीले जानकारी दिए ।

पार्कभित्र खेल खेल्न आउने लगायत सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने जनाएको छ । ७० जना स्टाफहरु रहने पार्कमा अहिले ५० जना मात्रै राखिएको छ ।