पहिरोले पुरिँदा एकको मृत्यु दुई घाइते

स्याङ्जा : स्याङ्जाको वालिङमा माथीबाट खसेको पहिरोले एक जनाको ज्यान गएको छ भने २ घाइते भएका छन् ।

गिट्टी निकाल्ने क्रम मा माथीबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ ११ पेखु का बर्ष ३१ का दुर्गा थापा को मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पौडेलले जानकारी दिनुभयो।

सोही पहिरोमा वालिङ ११ कै ३५ वर्षीय मुना थापा र ३१ वर्षीय नारायणी सिङ्जाली घाइते भएका छन् । घाइतेहरुलाइ उपचारको लागि गह्रौँ ध्याङलिङ प्रथामिक अस्पताल वालिङ पठाइएको छ ।

यो सँगै स्याङ्जामा पहिरोको कारण यस वर्ष ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।