विश्व रेविज दिवसमा छाडा कुकुरलाई निःशुल्क खोप

चितवन : रेविज अन्त्यका लागि सहकार्य र खोप” भन्ने मुल नाराका साथ आज विश्व रेविज दिवस एक कार्यक्रमका बिच मनाईएको छ । भेटेरिनरी शिक्षण अस्पताल पक्लिहवा, नेपाल भेटेरिनरी एसोसियसन प्रदेश नं ५, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देही, प्रदेश कृषि मन्त्रालय तथा निर्देशनालय तथा स्ट्रीट एनिमल वेल्फेयर संस्था र सिद्धार्थनगर नगरपालिकाको संयुक्त आयोजनामा एक कार्यक्रम बिच सचेतना र छाडा कुकुरलाई निः शुल्क खोप कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा शिक्षण अस्पतालका निर्देशक डा. कृष्ण काफ्ले, पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. प्रवेज आलम, ने.भे.ए.प्र.न. ५ का कार्यसमिति सदस्य डा. युवराज पन्थ, पक्लिहवा क्याम्पसका निमित्त क्याम्पस प्रमुख राजन पौडेल, स्ट्रीट एनिमल वेल्फेयरका अध्यक्ष दिवश वि.कलगायतको मन्तव्य रहेको थियो ।
सन् २०३० सम्म कुकुरबाट मानिसमा सर्ने रेविज रोगलाई नियन्त्रण गर्ने ग्लोबल अलायन्स फर रेविज कन्ट्रोलको उद्धेश्यलाई आत्मसाथ गर्दै एक स्वास्थ्यको अवधारणामा सचेतता र खोपलाई निरन्तरता दिनुपर्नेमा उपस्थित वक्ताहरुको जोड रहेको थियो । कार्यक्रम शिक्षण अस्पतालका पशु चिकित्सक तथा नेपाल भेटेरिनरी एसोसियसन प्रदेश नं ५ का कोषाध्यक्ष डा. विरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।