खैरहनी नगरपालिकामा कर्मचारीमा कोरोना देखिएपछि एक दिन वन्द

चितवनः पूर्बी चितवनमा रहेको खैरहनी नगरपािलका असोज १३ गते वन्द हुने भएको छ । नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले कार्यालय निर्मलिकरण गर्नु पर्ने भएकाले १३ गते कार्यालय वन्द गर्न लागिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माद्धारा जारी बिज्ञप्तिमा १३ गते सेवा वन्द गर्न लागिएको जनाईएको छ ।