चितवनको भरतपुर महानगरका ३३ सहित ४५ जनामा कोरोना पुष्टि

चितवनः चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा गरिएको परिक्षणका क्रममा चितवनका ३७ सहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कलेजमा आज गरिएको २ सय ६८ जनाको परिक्षणका क्रमममा सो संख्यामा संक्रमित भेटिएको हो ।

संक्रमण पुष्टि हुनेमा ३३ जना भरतपुर महानगरपालिकाका, खैरहनी नगरपालिकाका २ जना र रत्ननगरका २ जना रहेका छन् । यस्तै संक्रमण देखिनेमा नवलपुरका ४ जना, काठमाडौं, ललितपुर, धनुषा र बाराका १–१ जना रहेको कलेजले जनाएको छ ।