चितवनमा डायलाइसिस गराइरहेका कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन :  चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मिर्गौला फेल भई डायलाइसिस गराइरहेका कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

भरतपुर महानगरपालिका– ७ का ५५ वर्षीय पुरुषको भरतपुर अस्पतालमा सोमबार दिउँसो १ः२० मा मृत्यु भएको हो। खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या भई उनलाई असोज ७ गते अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि उनलाई असोज ८ गते कोभिड आइसियुमा भर्ना गरिएको अस्पतालले जनाएको छ। असोज ७ गते नै ती व्यक्तिमा कोरोना पुष्टि भएको थियो। आइसियुमा कोरोनाको उपचारसँगै उनको नियमित डायलासिस समेत गरिएको अस्पतालले जनाएको छ।