३४ वर्षदेखि फरार पक्राउ

सिन्धुपाल्चोक : आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका लिशङ्खुपाखर गाँउपालिका–७ का एकजना ३४ वर्षपछि पक्राउ परेका छन् ।

फुर्पा तामाङले विसं २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरी फरार भएका थिए ।

फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठकर गरी सजाय तोकेको थियो ।

सजाय तोकेको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय, चौतारा र प्रहरी चौकी, लामोसाँघुबाट खटएिको टोलीले आइतवार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।