प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमण मुक्त

पोखरा : गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराकै प्राङ्गणमा भएको कोरोना संक्रमण परिक्षण मा प्रहरी नायव महानिरीक्षक अर्यालको रिपोर्ट पोजिटिभ देखिएको थियो । रिपोर्ट पोजिटिभ देखिएसंगै आफ्नै निवासमा मा रहनुभएका प्रहरी नायव महानिरीक्षक अर्यालले यही असोज ११ गते दिनुभएको स्वाब परिक्षणको रिपोर्ट आज असोज १२ गते नेगेटिभ आएसंगै कोरोना संक्रमणबाट मुक्त हुनुभएको हो ।