चितवनमा डिएसपीसहित ८ जना प्रहरीमा कोरोना पुष्टि

 

चितवन : चितवनमा प्रहरी नायब उपरिक्षक (डिएसपी)सहित ८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण गएराति सार्वजनिक रिर्पोट अनुसार पुष्टि भएको हो ।

कोरोना परिक्षणका लागि स्बाब दिएदेखि नै आइसोलेसन कक्षमा बसेका डिएसपी थापासहितको टिमलाई कार्यालय परिसरकै आईसोलेसन कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुगंले जानकारी दिए ।
कोरोना पृष्टि भएका थापालाई हाल ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा कुनै लक्षण नदिएको उनले बताए । चितवनकै वडा प्रहरीमा कार्यरत २६ जना प्रहरीमा यसअघि नै कोरोना संक्रमण देखिएको थियो ।