गणित विषयलाई चौथो पत्रमा राखेको प्रति नेपाल गणित समाज वागमती प्रदेशको विरोध

चितवन : शिक्षा मन्त्रालयले गणित विषयलाई चौथो पत्रको रुपमा मात्र अध्ययन गर्न मिल्ने गरि राखेकोमा नेपाल गणित समाज वागमती प्रदेशले विरोध जनाएको छ । प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् ।
सभापति राजाराम आचार्य र सचिव रमेशचन्द्र शर्माको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, लामो समयदेखि गणित विषयका बारेमा छलफल परामर्श गरि गणित विषय विज्ञान व्यवस्थापन, मानविय लगायत अन्य अधिकांश प्राविधिक अध्ययन संस्थान÷संकाय आदिको मेरुदण्डको रुपमा रहेको जानकारी गराउँदा गराउँदै शिक्षा मन्त्रालयले समस्या समाधानप्रति गम्भीर ध्यान नदिई गणित विषयलाई चौथो पत्रको रुपमा अध्ययन गर्न मिल्ने गरि राखेको राखेकाले यस प्रारुपको हामी जोडदार विरोध गर्दछौँ ।
साथै विज्ञप्तीमा नेपाल सरकारले म्याथेम्याटिकल सोसाइटी लगायत विषयसंग सम्बन्धित सबै संघसंस्थाले उठाएको जायज मगलाई सम्बोधन गरि विज्ञान तथा प्रविधिको उत्थानमा पूर्ण पूर्णरपमा सहयोग पु¥याउन शसक्तरुले आवाज बुलन्द गर्ने जनाएको छ ।
समाजले केन्द्रिय समितिले गरेको कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप उपर संयुक्त धारण र विरोध प्रदर्शन कार्यक्रमलाई पूर्णरुपमा समर्थन गरेको समेत जनाएको छ ।