महिला नेतृ लक्ष्मी चौधरी नेकपा रत्ननगरमा प्रवेश

चितवन : रत्ननगररकी महिला नेतृ लक्ष्मी कुमारी चौधरी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेकी छन् । दुई दशक देखि नेपाली काँग्रेसमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल चौधरीले स्थानीय तहको निर्वाचनमा काँग्रेस परित्याग गरी स्वतन्त्र रुपमा उपमेयरको उम्मेदवार बनेकी थिइन् ।

नेपाली काँग्रेस वडा सभापति,क्षेत्रीय समिति सदस्य हुदैँ जिल्ला सदस्य समेत बनेकी चौधरीले स्थानीय तहको निर्वाचनका वेला औपचारिक रुपमा काँग्रेस छाडेकी थिइन् ।

नेकपा रत्ननगर नगर कमिटीले सौराहामा आइतवार आयोजना गरेको कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य,पूर्वअर्थ मन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डे, नेकपाका जिल्ला इन्चार्ज, कृष्णप्रसाद खनालले चौधरीलाई खादा र टिका लगाएर पार्टी प्रवेश गराएका थिए । सो अबसरमा स्थायी कमिटी सदस्य पाण्डेले पार्टी भित्र मौलाएको गुटबन्दी अन्य हुनुपर्ने बताए ।

अब व्यक्ति र गुट केन्द्रीत हुने हुदैन उनले भने पार्टीलाई चलायमान बनाउन नीतिलाई प्रधान बनाएर अगाडि बढ्नु पर्छ । कार्यक्रममा जिल्ला इन्चार्ज खनालले पार्टीको अन्तरिक जीवनमा प्रवेश गरेकी चौधरीलाई स्वगत गर्दै एउटा सशक्त महिला शक्तिको आगमनले पार्टीलाई उर्जा प्रदान गरेको बताए । नेकपाले चौधरीलाई रत्ननगर मेलमिलाप केन्द्रको अध्यक्ष समेत बनाइसकेको भन्दै उनले आगामी दिनमा पनि पार्टीले आवश्यकता अनुसार थप जिम्मेवारी प्रदान गर्ने बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद घिमिर सहित जिल्ला कमिटी सदस्यहरु,नगरकमिटीका पदाधिकारी तथा सदस्यहरु,वडा कमिटी इन्चार्ज तथा अध्यक्ष र रत्ननगर नगरपालिकामा नेकपाबाट निर्वाचित वडा अध्यक्ष,कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । नगर कमिटी अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम सचिव ओम लामिछानेले सञ्चालन गरेका थिए ।