कोभिड-१९ का कारण नेपालको पर्यटनमा झण्डै ६० अर्ब रुपैयाँ घाटा

काठमाडौं : आज विश्व पर्यटन दिवस । पर्यटन प्रबर्द्धनका लागि चेतनामूलक कार्यक्रमहरू गरी विश्वभरी यो दिवस मनाउने गरिन्छ । कोभिड-१९ का कारण नेपालको पर्यटनमा करीव ६० अर्ब रुपैयाँ घाटा भएको आँकलन पर्यटनको छ ।

यसैबीच कोभिड–१९ महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकारले पर्यटन पुनरुत्थान अभियान शुरु गरेको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन मार्फत सरकारले घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन पुनरुत्थान अभियान शुरु गरिएको हो ।

‘घुमौं देश, चिनौं परिवेश’ भन्ने मूल नारा दिएर पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन अभियानको लोगो, सन्देशमूलक भिडियो लगायत सामग्री सार्वजनिक गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटनलाई गतिशील बनाई आर्थिक गतिविधि बढाउनका साथै सकारात्मक ऊर्जा प्रदान गर्ने उद्धेश्यले कार्यक्रम ल्याइएको बताउनुभयो ।।