एसपी केसिको एक्सन : अढाई करोड मूल्य बराबरको अवैध समान राजश्व दाखिला

संजय कुशवाहा

नवलपरासी  : पश्चिम नवलपरासीमा साढे चार महिनाको अवधिमा करिव अढाई करोड मूल्य बराबरको अवैध मालसामान राजश्व दाखिला गरिएको छ ।यो अवधिमा प्रहरीले २ करोड ४० लाख २९ हजार ८ सय ८ रुपैयाँ मूल्य बराबरको अवैध मालसमान प्राजश्व दाखिला गरेको हो । जिल्लामा प्रहरी प्रमुख एसपी अजय केसिले जिल्लामा आए लगतै अबैध काम गर्ने माथी धमाधम एक्सन चाल्न शुरु गर्ने भएको छ। बिभिन्न स्थानबाट इयउक्त अवधिमा हरियो केराउ, छोडा, मरिच, मल, हार्डवेयरको सामान, कपडा, मोबाइल, ईलेक्ट्रोनिक सामान, सवारी साधनको पार्ट पुर्जा आदि नियन्त्रण गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । यसैगरी सोहि अवधिमा ३ लाख २३ हजार ८ सय ४० रुपैयाँ मूल्य बराबरको अवैध काठ नियन्त्रण गरी आवश्यक कारवाहीको लागि सम्बन्धित डिभिजन वन कार्यालय बुझाइएको हो । साथै प्रहरीले यहि अवधिमा अवैध उत्खननमा संलग्न ३० वटा ट्याक्टर, १ टिपर र ४ वटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको छ । त्यसैगरी शनिवार पाल्हिनन्दन गाँउपालिका वडा नं. २ भक्सीपुरमा भारतबाट अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी १ लाख ६२ हजार ४ सय मूल्य बराबरको ६ थान बिभिन्न कम्पनीका मोबाइल सीमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ । उक्त मोबाइल झोलामा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखे पछि झोला फालि मानिस भागेको थिए। त्यस्तै सरावल गाँउपालिका वडा नं. ६ बडसाडेबाट अवैधरुपमा भारतबाट नेपालतर्फ युपी ५६ एबी ४९६८ नम्बरको मोटर साइकलमा राखी ल्याउँदै गरेको अन्दाजी ३५ हजार मूल्य बराबरको लेडिज कुर्ता सुरुवाल, थान कपडा तथा सेण्डो भेष्ट कपडा र मोटरसाइकलको मूल्य करिब ५० हजार गरि कुल ८५ हजार बराबरको मोटर साइकल र कपडा सीमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ । नियन्त्रण गरिएको मोबाइल, मोटर साइकल र कपडा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी राजु लामाले जानकारी दिए ।