गणित बिषयको दायरा फराकिलो बनाउन माग गर्दै नेपाल गणित समाज गण्डकीले गरायो सरकारको ध्यानाकर्षण

पोखरा :  नेपाल सरकार द्वारा आगामी शैक्षिक सत्र देखी कक्षा ११,१२ मा लागु गर्ने भनिएको पाठ्य संरचनमा गणित बिषयलाई कम महत्व दिई प्रतिस्थापन गर्न लागेको भन्दै नेपाल गणित समाज गण्डकी प्रदेशले सरकारको ध्यानाकर्षण गराएको हो। समाजका अध्यक्ष प्रा।डा। कृष्ण कुमार श्रेष्ठ सहितको टोलिले आज सनिबार गण्डकी प्रदेशका समाजिक बिकास मन्त्री नरदेबी पुनलाई ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराएको छ। गणित बिषय आधुनिक शिक्षाका सबै बिधाहरुको मेरुदण्ड भएको उल्लेख गर्दै पठनपाठनमा थप अनुसन्धान गरि गणित बिषयको शिक्षण प्रकृयालाई सहज र सरल बनाउनु पर्ने माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै गण्डकी प्रदेशकी समाजिक बिकास मन्त्री नरदेबी पुनले सिङ्गो राज्य नै संघियता कार्यन्वयनको अभ्यासमा रहेको बताउदै माध्यमिक शिक्षा प्रदेश मातहतमा नपर्ने भएको यस अबस्थामा अधिकार र कार्यन्वयनको पक्षमा आफ्नो हात नभएपनी नेपाल गणित समाज गण्डकी प्रदेशको यो मागलाई संघिय शिक्षा मन्त्रालय सम्म पुर्याउने र कार्यन्वयनको लागी दवाब समेत दिने आस्वाशन दिनु भयो। गणित बिषयमा पछिल्लो समयमा देखिएका समस्याहरुको बारेमा आफु निरन्तर छलफल र बहसमा रहेता पनि आफु सँग कुनै अधिकार नभएको ले खुम्चिनु परेको मन्त्री पुनको दुखेसो रहेको छ। तर आफ्ना पहल कदमीहरु भने सधै सकारात्मक हुने मन्त्री पुनको भनाई छ।