चितवनमा एक पुरुषको शव भेटियो

चितवन, १० असोज । भरपुरमा एक पुरुषको शव भेटिएको छ। भरतपुर ११ भोजाड स्थित खेतमा लडेको अवस्थामा आज विहान शव भेटिएको हो।
बिहान मर्निङवाकमा जानेहरुले शव देखेको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिनुभयो।
मृतकको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले बताएको छ।