चितवनमा ८ जना कोरोना संक्रमित थपिए

चितवन :  जिल्लामा ८ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका१ जना , राप्ती नगरपालिकाका ५   र रत्नगरनगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार १२४ वटा नमुना परिक्षण गरिएकोमा ८ जनामा कोरोना पोजिटिभ आएको हो ।