टिकौली जंगलमा ट्रकको ठक्करबाट पुरेन्द्रको मृत्‍यु

चितवन : भरतपुरमा ट्रकको ठक्कर बाट एक जनाको मृत्‍यु भएको छ । भरतपुर १२ टिकैली जंगल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिम तर्फ आईरहेको ना ५ ख १३६४ नं.को ट्रकले विपरीत दिशाबाट गईरहेको ना ६४ प ८३६३ नं. को मोटरसाइकललाई ठक्कर दिदा गाम्भिर घाइते भएका मोटरसाईकल चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्‍यु हुनेमा रत्ननगर नगरपालिका १४ का ३५ को पुरेन्द्र गिरी रहेको प्रहरिले जनाएको छ । ट्रक र चालक दुबै प्रहरीको नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको छ ।