आईपीएल क्रिकेटमा दिल्लीको लगातार दोस्रो जित, चेन्नई ४४ रनले पराजित

 

चितवन : आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्गसलाई ४४ रनले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको दिल्लीले ३ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

दिल्लीका पृथ्वी शहले ६४, शिखर धवनले ३५, रिसब पन्तले नटआट ३७, श्रेयश अयरले २६ रन बनाए । १७६ रनको विजयी लक्ष्यका साथ जबाफी ब्याटिङमा उत्रिएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो ।

चेन्नईका डुपिल्इसिसले ४३ र केदार जादवले २६ रन बनाउनु बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । दिल्लीका कागिसो रबडाले ३ विकेट लिए ।