कार्यसम्पादनलाई कारण देखाउँदै एसपी रवीन्द्र रेग्मी काठमाडौँ तानिए

धादिङ :  जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मी काठमाडौं तानिएका छन् ।

उनको ठाउँमा एसपी महेन्द्र खड्कालाई पठाएको छ ।कमजोर कार्यसम्पादनलाई कारण देखाउँदै एसपी रवीन्द्र रेग्मीलाई काठमाडौंमा तान्दै उनको स्थानमा खड्कालाई पठाएको हो ।

प्रहरी प्रवक्ता कुवेर कठायतले रेग्मीको ठाउँमा सम्पत्ति शुद्धीकरण विभागमा कार्यरत एसपी महेन्द्र खड्का पठाइएको बताए । रेग्मीलाई सम्पत्ति शुद्धीकरण विभाग पठाएको छ ।