जोगीमारामा पहिरो खस्यो, पृथ्वीराजमार्ग दुइतर्फी अवरुद्ध

धादिङ:  पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन– नौविसे सडक अवरुद्ध भएको छ । अविरल बर्षासंगै धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जोगीमारामा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउनका लागि डोजर  लिएर  पहिरो स्थल तर्फ गएको सडक विभागका ओभरसियर हरि घिमिरेले  जानकारी दिनुभयो । उहाँका अनुसार ९ः१५ बजे पहिरो खसेको हो ।

सांकेतिक तस्वीर