कम्युनिष्ट पार्टीका संस्थापक नेता जगतबहादुर श्रेष्ठको निधन

 

चितवन : चितवनका कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नेताको आज चितवन मेडिकल कलेजमा निधन भएको छ । नेपाल प्रगतिवादी साहित्यका एक धरोहर र कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्ति समेत रहेका जगतबहादुर श्रेष्ठको उपचारको क्रममा अपरान्ह ४ बजे ९२ बर्षको उमेरमा निधन भएको हो ।
घरमा लडेर टाउको चोट लागेर थला परेका श्रेष्ठलाई थप समस्या आएपछि चितवन मेडिकल कलेजमा केहिदिन मात्रै भर्ना गरिएको थियो । श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी विचार निष्ठा र आदर्शको धरोहरका रुपमा स्थापित थिए।

मोहन बैध नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रिय सल्लाहाकार सदस्यको रुपमा रहेका श्रेष्ठलाई चार दिन अघिमात्रै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमै आएर भेट गरेका थिए ।
श्रेष्ठका तीन छोरा छन । जसमध्य दुई जना अमेरिका र एक जना नेपालमा छन् । जगतबहादुर श्रेष्ठ १९८६ साल कार्तिक २२ गते गोर्खाको जौबारीमा जन्मीएका हुन् । युवा अवस्था देखि कम्युनिष्टमा लागेका श्रेष्ठ २०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको गोर्खाको उत्तरी क्षेत्रमा उम्मेदवार भएका थिए ।