सुनको भाउ तीन दिनमा तोलामा ४ हजार १०० रुपैयाँले घट्यो

सुनको भाउ पछिल्लो तीन दिनमा तोलामा ४ हजार १०० रुपैयाँले घटेको छ । बिहीबार मात्रै सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको हो । बुधबार पनि १ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँले घटेको थियो।

विश्व बजारमा सुनको भाउ सस्तिदाँ नेपाली बजारमा पनि पछिल्लो तीन दिनमा मात्रै सुनको भाउ ४ हजार १०० रुपैयाँले सस्तिन पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ निर्धारण गरेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँ घटेको छ । आजका लागि महासंघले चाँदीको भाउ तोलाको १ हजार १२० रुपैयाँ तोकेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।