जोगिमारा र जवाङखोलामा पहिरो, सडक दुइतर्फी अवरुद्ध

कुरिनटार  : पहिरोका कारण पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन– नौविसे सडकखण्ड अवरुद्ध बनेको छ । अविरल बर्षासंगै यस सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ १० स्थित जवाङखोला र जोगिमारामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक विभागका हरि घिमिरेका अनुसार साँझ ५ बजे जोगिमारा र जवाङ खोलामा पहिरो खसेको छ । अहिले उक्त पहिरो पञ्छाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

File photo