कुलमान घिसिङका कारण लोडसेडिङ अन्त्य भयो भन्नेहरु एकपाखे हुन् : सूर्य थापा

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको भन्नेहरुलाई एकपाखेको संज्ञा दिएका छन् । एक टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले यस्तो टिप्पणी गरेका हुन् ।

पत्रकार धमलालेले कुलमानजीकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको हो नि ? भनेर प्रश्न सोध्दा थापाले यस्तो बताएका हुन् । उनले भने, ‘त्यसो भन्नेहरु एकपाखे हुन् । उहाँहरुको त्यो सन्तुलित विचार, बुझाई र दृष्टिकोण होईन् ।’ थापाले अघि भनेका छन्, ‘कुलमानजी भगवान होईन, उहाँ मानिस हो । तपाईं मानिस हो । म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू मानिस हो । कुलमानजी पनि मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भने पनि हामीले भगवान भन्छौं त । हामी मान्छे हो ।