पुरानो मेडिकल कलेजको धन्दा, कोरोना सङ्क्रमितको शव आफन्तलाई बुझायो

चितवनः पुरानो मेडीकल कलेजले केही दिन अघि एक कोरोना सङ्क्रमितको मृत्यु पछि उनको शब आफन्तलाई जिम्मा लगाएको छ । वाराको सिमाराकी एक वृद्धाको असोज ३ गते मृत्यु भए पछि उनको शव अस्पतालले आफन्तलाई जिम्मा लगाएको हो ।

अस्पताल प्रशासनले मृत्यु भएकी ती महिलाको नमुना परिक्षणका लागि पठाईएको समयमा नतिजा नआउँदै शव परिवारको जिम्मामा लगाउन पाईदैन । तर ती महिलाको मृत्यु पछि शव परिवारलाई बुझाईयो । शव पाए पछि परिवारले असोज ३ गतेनै अन्तिम संस्कार गरेका छन् । यहाँबाट वारा लगेर शवको दाहासंस्कार गरिएको परिवार स्रोतले जनाएको छ ।

तर उनको असो ४ गते कोरोनाको नतिजा आएको परिवारले जनाएको छ । पारिावरीका स्रोतका उनुसार उनको शवको दाहासंस्कर सकिए पछि नतिजा सङ्क्रमित आएको हो । अस्पतालले नमुना परिक्षणका लागि पठाईएका व्यक्तिको मृत्यु पछि परिवारलाई शव वुझाएको बिषयमा स्वास्थ्य कार्यालय चिवतनलाई कुनै जानकारी छैन । कार्यालयका प्रमुख दिपक तिवारीले यस विषयमा आँफुलाई जानकारी नभएको बताउनुभयो ।

दाहासंस्कार भईसकेकी महिलाको नतिजा पोजेटिभ आए पछि सागर गएका स्टमित्र आफन्तहरु शसंकित भएका छन् ।