सडक निर्माणको क्रममा बुढीगण्डकीको किनारमा खसेर मजदुरको मृत्यु

गोरखा :  गोरखामा सडक निर्माणको क्रममा एक जना मजदुरको मृत्यु भएको छ । धार्चे गाउँपालिका वडा नम्बर ३ स्थित निर्माणधिन बेनिघाट लार्के सडक खण्डको लाक्पाल बस्ती नजिक बेनिघाट लार्के सडक खण्डमा मजदुरी गर्ने क्रममा अचानक चिप्लिएर बुढीगण्डकी नदी किनारमा खस्दा गोरखाको धार्चे १ का २० बर्षिय दीपक गुरुङको मृत्यु भएको हो ।
उनको ४० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनको शवलाई पोष्टपार्टमका लागि अस्पताल ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।