गैँडाकोटमा ज्वाईंद्वारा खुर्पा प्रयोग गरी ससुराको हत्या

 

गैँडाकोट : पूर्वि नवलपरासीमा ज्वाँइले आफ्नै ससुरालाई खुर्पा प्रहार गरी हत्या गरेका छन । कावासोती नगरपालिका वडा नं. १५ शेरगंज बस्ने ३१ वर्षीय सुवास मगरले आफ्नै ससुरा ७३ वर्षीय विष्णु राईलाई आज साँझ ८ः३० वजे खुुर्पा प्रहार गरि हत्या गरेका हुन । खुर्पा प्रहारबाट गम्भिर घाईते भएका राईको उपचारको क्रममा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ ।
घाटिमा चोट लागि गम्भिर घाईते भएका राईको उपचारको क्रममा मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा केहिबेर अघि ज्यान गएको डिएसपी मोहन बहादुर खाँडले उज्यालो खबरलाई बताउनुभयो ।
ससुरालाई खुर्पा प्रहार गरेका मगर समेत आफै घाईते भएका छन । ससुरालाई खुर्पा प्रहारगरेपछि उनि आफैले आफैलाई घाईते बनाएको हुनसक्ने प्रहरीको अनुमान छ।ससुराको हतया गर्ने सुवास मगरको मध्यविन्दु सामुदायिक अस्पतालमा प्रहरीको निगरानीमा उपचार भैरहेको छ । वादविवादका कारण घटना घटेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।