चितवनमा भोली विहान दुई घण्टा विद्युत् अवरुद्ध हुने

चितवन : बसबारको कण्डक्टर मर्मत गर्नु पर्ने कारण चितवनमा भोली विद्युत् अवरुद्ध हुने भएको छ । चितवनमा विहान ७ देखि ९ बजेसम्म (दुई घण्टा) विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले एक विज्ञप्ती मार्फत जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र, टाँडी वितरण केन्द्र र चनौली वितरण केन्द्रलाई पत्र पठाउँदै १३२ र ३३ र ११ केभि भरतपुर शव स्टेशन सटडाउन हुने जानकारी दिएको छ ।

सोमबार विहान दुई घण्टा हेटौंडा ग्रीड अन्तरगतको १३२ केभि बसबारको कण्डक्टर मर्मत गर्नु पर्ने भएकाले सटडाउन हुने महाशाखाको भनाई छ ।