लियो क्लव अफ गीतानगर र रत्ननगर पिसको संयुक्त आधारभूत सूचना प्रबिधि सम्बन्धी तालिम सकियो

भरतपुर। लियो क्लव अफ गीतानगर र रत्ननगर पीसको संयुक्त आयोजनामा भएको ३ दिने आधारभूत सूचना प्रबिधी संम्बन्धी तालिम सकिएको छ।
जुम मार्फत असोज २ गते बाट सुरु भएको तालिममा वर्डप्रेस डिजाईन, ग्राफिक्स डिजाइन र टेलि कम्युनिकेशन सम्बन्धि तालिम भएको हो।
वर्कशपको पहिलो दिन वर्डप्रेस डिजाईनर मनिस कंडेलले प्रशिक्षण गर्नु भएको थियो । त्यस्तै दोश्रो दिन ग्राफिक्स डिजाईनर गोविन्द आचार्यले ग्राफिक्स डिजाइन सम्बन्धी विविध बिषयमा प्रशिक्षण गराउनु भयो। तालिमको अन्तिम दिन आइतवार टेलि कम्युनिकेशन ईन्जिनियर राजु ढकालले प्रशिक्षण गराउनु भयो। प्रतिस्प्रधात्मक बजार, उत्पादन, सुचना प्रबिधिको प्रयोग र टेलि कम्युनिकेशन सम्बन्धि पाठकले प्रशिक्षार्थीलाइ बिस्तृत जानकारी गराउनु भयो।

तालिमको अन्तिम दिन अर्थात् आइतबार लियो जिल्ला परिसद ३२५ बि टु नेपालका अध्यक्ष कुबेर पाठकको प्रमुख आतित्थ्यता रहेको थियो। कार्यक्रममा पाठकले कोरोनाका कारण फुसर्दिला भएका व्यक्तिका लागि सूचना प्रबिधिको उच्चतम प्रयोगको तालिम फलदायी हुने बताउनु भयो ।
तालिम हरेका दिन २ बजे देखी ४ बजे सम्म संचालन भएको लियो क्लव अफ गीतानगरका अध्यक्ष संजीव ओझाले जानकारी दिनु भयो ।

कोरोनाका कारण फुसर्दिला धएका क्लवका सदस्यहरुलाई प्रविधिको उच्चतमा प्रयोग गर्न सिकाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको लियो क्लव अफ रत्ननगर पिसका अध्यक्ष सुवास अर्याल ले जानकारी दिनुभयो । कार्यक्रमको संयोजकको रुपमा प्रशान्त कोइराला र दर्शन क्षेत्री रहनु भएको थियो ।