कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जना महिला ४ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन महिला र एक पुरुषसहित चार जना, भत्तपुर र ललितपुरमा एक–एक जना महिला तथा पाल्पामा एक जना महिलाको ज्यान गएको छ ।

यसैगरी धनुषा, चितवन र रुपन्देहीमा एक–एक जना पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६४ प्रतिशतको ज्यान गएको छ ।